

विद्यालय र पार्टी प्यालेस बन्द गर्न सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयको सिफारिस
काठमाडौं – स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको नयाँ लहर फैलिएको भन्दै शिक्षण संस्थाहरुको प्रत्यक्ष पठनपाठन बन्द गर्न सिफारिस गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले नयाँ किसिमको कोरोना भाइरसक देखिएकोले पठनपाठनका लागि अन्य उपायको अवलम्बन गर्नुपर्ने बताउँदै तत्कालका लागि विद्यालय बन्द गर्न सिफारिस गरेको बताएका छन् ।
मन्त्रालयको सिफारिसपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकमा यसबारे छलफल हुने पनि मन्त्री त्रिपाठीले बताए ।
मन्त्री त्रिपाठीले स्वास्थ्य मापदण्डमा सबै सचेत नहुने हो भने अवस्था फेरि भयावह हुने बताएका छन् । विद्यालयमात्र होइन सिनेमा हल र पार्टी प्यालेसहरु पनि बन्द गर्न सिफारिस गरिएको छ ।

