
‘विशेष’ होइन ‘नियमित महाधिवेशन’ मै अभियान चलाऔं: डा. कोइराला
काठमाडौं – नेपाली कांग्रेसमा पछिल्ला दिनमा देखिएको महाधिवेशनसम्बन्धी विवादलाई अन्त्य गर्दै डा. शेखर कोइरालाले पार्टीभित्र अब ‘विशेष महाधिवेशन’ होइन, कुनै पनि हालतमा ‘नियमित महाधिवेशन’ नै प्रमुख एजेन्डा बन्नुपर्छ भन्ने धारणा दृढतापूर्वक अगाडि सारेका छन्।
महामन्त्री गगन थापा, हस्ताक्षर अभियानका अगुवा गुरुराज घिमिरे, देवराज चालिसेलगायतलाई डाकेर डा. कोइरालाले स्पष्ट भने “पार्टीलाई मनोवैज्ञानिक विभाजनतर्फ धकेल्ने विशेष महाधिवेशन होइन, सबै पक्ष एक भएर नियमित महाधिवेशनको दबाब बढाऔं।”
भेटमा सहभागी एक नेताका अनुसार, पार्टीभित्रकै संस्थापन पक्षका धेरै नेताहरू पनि अहिले नियमित महाधिवेशन प्रक्रिया सुरु गर्ने पक्षमै छन्। डा. कोइरालाले हालसम्म केन्द्रीय समितिका सयभन्दा बढी सदस्यसँग व्यक्तिगत रूपमा छलफल गरिसकेको उल्लेख गर्दै भने, “महाधिवेशनको विपक्षमा खासै कोही छैन, बहुमतको चाहना नियमित प्रक्रियाबाटै नयाँ नेतृत्व स्वीकृत गर्ने हो।”
महामन्त्री गगन थापाले पनि नियमित महाधिवेशनलाई नै पहिलो विकल्प भने। तर, उनले भने, “यदि नियमित महाधिवेशन नै रोक्ने खेल चलाइयो भने, विशेष महाधिवेशन बाध्यता बन्छ।” उनका अनुसार संस्थापन पक्षका ‘सात भाइ’ को रणनीति केन्द्रीय समितिलाई अनिर्णयमा थुन्ने दिशामा देखिएकोले त्यस अवस्थामा वैकल्पिक मार्गको तयारी अनिवार्य हुन्छ।
तर डा. कोइरालाले भने, “पहिलो प्राथमिकता नियमित महाधिवेशन। कुनै हालतमा त्यसतर्फ जान मानेनन् भने मात्र, केन्द्रीय समितिकै निर्णयबाट विशेष महाधिवेशन।” उनका अनुसार हस्ताक्षरकर्ताको भेलाबाट होइन, वैधानिक र सर्वसम्मत निर्णयमार्फत मात्र विशेष महाधिवेशनको विकल्प स्वीकार्य हुन सक्छ।
कोइरालाले पुनः सबैलाई अपिल गर्दै भने, “विशेषको गृहकार्यमा समय नखर्चौं। पार्टीभित्र र बाहिर—जहाँ बसे पनि—नियमित महाधिवेशन सुनिश्चित गर्न एकमुष्ट दबाब सिर्जना गरौँ



कागजपत्र |
