
दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति
काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले चार दिन हिरासतमा राख्न अनुमति पाएको छ।
एसपी पवनकुमार भट्टराईका अनुसार, काठमाडौं जिल्ला प्रशासन कार्यालयले सार्वजनिक शान्ति विरूद्धको कसुरमा अनुसन्धान अघि बढाउन प्रसाईंलाई चार दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको हो।
प्रसाईंलाई सोमबार मध्यराति भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको थियो। उनले मंसिर ७ गतेदेखि आन्दोलनको घोषणा गरेका थिए र पछिल्लो समय समाज भड्काउने अभिव्यक्ति दिएका छन् भन्ने आरोप प्रहरीले लगाएको छ।



कागजपत्र |
