पञ्जीकरण विभागको वेबसाइट डाउन


काठमाडौं-  राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको आधिकारिक वेबसाइट निरन्तर समस्यामा परेपछि सेवा प्रवाह प्रभावित भएको छ। विभागको donidcr.gov.np डोमेनमा मंगलबार बिहानदेखि विभिन्न ‘एरर कोड’ देखा परेपछि ऑनलाइन सेवा लिन खोज्ने नागरिकलाई कठिनाइ भएको हो।

विभागका महानिर्देशक (डीजी) नमराज घिमिरेले वेबसाइट ह्याक भएको हल्ला असत्य भएको स्पष्ट गर्दै समस्या मेन्टेनेन्स प्रक्रियाका कारण उत्पन्न भएको बताए।

घिमिरेका अनुसार प्राविधिक टोलीले निरन्तर मर्मतसम्भार गरिरहेका कारण साइट कहिलेकाहीँ खुल्ने–नखुल्ने अवस्था बनेको हो।

विभागका निर्देशक मुकेशकुमार केशरीले पनि वेबसाइटको समस्या पुष्टि गर्दै प्राविधिक टिम सक्रिय रूपमा काम गरिरहेको जनाएका छन्।

प्रतिक्रिया