विश्व अधिकारी डीआईजीमा बढुवामा सिफारिस


काठमाडौं – नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा सिफारिस गरिएको छ।

बढुवा समितिको सिंहदरवार बैठकको निर्णयअनुसार, अधिकारीको बढुवा सिफारिस सूची प्रकाशित गरिएको छ। उनले हाल अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा हेटौडा, मकवानपुरमा कार्यरत छन्।

यसअघिको बढुवामा भने उनी छुटेका थिए। बढुवाका पहिलो नम्बरमा रहेका एसएसपी अधिकारीलाई छुट्दा पाँच एसएसपीलाई डीआईजीमा बढुवा गरिएको थियो।

अधिकारी २३ र २४ भदौमा जेनजी आन्दोलन हुँदा जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुख थिए। घटनापछि उनलाई सरुवा गर्दै परिसर काठमाडौंको जिम्मेवारी एसएसपी रमेश थापालाई दिइएको थियो।

 

 

प्रतिक्रिया