
जेनजीहरूकाे समुहले प्रधानमन्त्रीलाई बुझायो प्रस्तावित सम्झौता
काठमाडौं- ‘जेनजी मुभमेन्ट अलायन्स’, ‘काउन्सिल अफ जेनजी’, सातै प्रदेशका संयोजकहरू तथा ‘जेनजी फ्रन्ट’ले आन्दोलनकारी र राज्यपक्षबीचको जनादेशसम्बन्धी प्रस्तावित सम्झौता प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएका छन्।
शुक्रबार प्रतिनिधि समूहले प्रधानमन्त्री कार्कीलाई भेटेर जेनजीको नेतृत्वमा भएको जनआन्दोलनको जनादेश सम्बन्धमा जनआन्दोलनकारी र राज्यपक्षबीचको प्रस्तावित सम्झौतापत्र औपचारिक रूपमा हस्तान्तरण गरेको हो।
उक्त प्रस्तावित सम्झौतामा भदौ २३ देखि २५ का घटनाको छानबिन र जिम्मेवारी निर्धारण, घटनाको पुनरावृत्ति रोक्न संस्थागत सुधार, संस्थागत भ्रष्टाचारको अन्त्य, सार्वजनिक संस्थानहरूमा हुँदै आएको दलीयकरण र भागबण्डा औपचारिक रूपमा समाप्त गर्ने विषय प्रमुख रूपमा समेटिएका छन्।
Skip to PDF content


कागजपत्र |
