मधेशमा मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा रिट, बुधबार पेसी


काठमाडाैं- मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध एमालेबाहेकका दलहरूले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्।

७४ जना प्रदेश सांसदको हस्ताक्षरसहित दलहरूले मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। उक्त रिटको पेसी बुधबारका लागि तोकिएको छ।

रिट दायर गर्न नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव, जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी केन्द्र संसदीय दलका उपनेता युवराज भट्टराई, लोसपा संसदीय दलका नेता जयलुन राइन्सहितका नेताहरू सर्वोच्च पुगेका थिए।

प्रतिक्रिया