स्वीस दूतावास परिसरभित्र चितुवा पसेपछि…


काठमाडौं- जावलाखेलस्थित  स्वीस दूतावासको परिसरभित्र चितुवा पसेको घटना सार्वजनिक भएको छ।

मंगलबार बिहान दूतावास क्षेत्रमा प्रवेश गरेको चितुवालाई नियन्त्रणमा लिन प्रहरी, डिभिजन वन कार्यालय तथा राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त टोली खटिएको थियो।

उद्धार कार्यपछि चितुवालाई सम्बन्धित निकायको जिम्मा लगाइएको दूतावासले जनाएको छ।

प्रतिक्रिया