
मेलम्चीको पानी पठाउने काममा भएको अवरोध अझै खुलेन
काठमाडाैं- मेलम्चीको पानी काठमाडाैंमा पठाउने काममा पाँच दिनदेखिको अवरोध आज पनि खुल्न सकेन । स्थानीय बासिन्दाले गएको बिहिवार मेलम्चीको पथान्तरण गरिएको क्षेत्र अम्बाथानको सुरुङमा एक्स्काभेटर प्रयोग गरीे पानी खोलातिर फर्काएका थिए । त्यसयता काठमाण्डौ उपत्यकामा मेलम्चीको पानी नआएको हो ।
मुहान खुलाउन आज पनि मेलम्ची खानेपानी बाढीपीडित सङ्घर्ष समिति र खानेपानी मन्त्रालयबीच वार्ता भएको थियो । तर स्थानीय बासिन्दाले मेलम्चीको पानी उपभोग गरेबापत् स्थानीय हेलम्बु गाउँपालिकालाई २५ प्रतिशत लाभांश दिने लगायत यस अघि भएका सहमति कार्यान्वयन गरेपछि मात्रै पानी छाड्ने अडान लिएका छन् ।



कागजपत्र |
