प्रहरी प्रभाग कपनबाट लुटिएको सामानसहित युवक पक्राउ


काठमाडाैं- जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयबाट लुटिएका सामग्रीसहित एक युवक पक्राउ परेका छन्।

नेपाल प्रहरीको ट्र्याकसुट लगाई हिँडिरहेको अवस्थामा अछाम मल्लेक गाउँपालिका–७ घर भई हाल काठमाडौं बुढानिलकण्ठ–१२, कपन बस्ने २२ वर्षीय अमृत साउँदलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले साउँद बसेको कोठामा गरेको खानतलासीमा भदौ २४ गतेको जेनजी आन्दोलनका बेला प्रहरी प्रभाग कपनबाट लुटिएको सामग्री समेत फेला परेको जनाएको छ।

उनीसँगबाट कम्प्युटर, सीपीयू, प्रिन्टर मेसिन, बर्सादी, बुट र तरबार बरामद भएको प्रहरीले जानकारी दिएको छ।

साउँदलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा राखिएको छ।

प्रतिक्रिया