तोडफोड, आगजनी र आतंकको आडमा सरकार बन्याे : ओली


काठमाडौं-  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अन्तरिम सरकारलाई असंवैधानिक, प्रतिगामी र ‘हाहु’मा बनेको अभिव्यक्ति दिँदै पार्टी अहिलेको क्षणिक अराजकतासँग नझुक्ने बताएका छन्। जेन–जी आन्दोलनपछि बनेको सरकार संविधान मिचेर गठन भएको आरोप लगाउँदै उनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्न तयार भएको तथ्य नै संविधानविपरीत भएको दाबी गरे।

एमाले शिक्षा तथा मानवस्रोत विभागले शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले तोडफोड, आगजनी र आतंकको आडमा सरकार बनेको टिप्पणी गरे। भदौ २३–२४ का घटनामा प्रतिगामी प्रवृत्ति देखियो तर ती शक्तिसँग इतिहास, परम्परा र जनसमर्थनको आधार नभएको उल्लेख गरे।

ओलीले ‘डिस्कर्ड’मार्फत भोटिङ गरी सरकार निर्माण गरिएको भन्दै त्यसको वैधानिकता प्रश्न गरे। “२–३ हजार केटाकेटी जम्मा भएर मतदान गरेको अरे, मतपत्र कस्तो थियो ? रेजा लगायो कि अमेरिकाजस्तै प्वाल पार्‍यो ?” भन्दै उनले व्यङ्ग्य गरे।

हालको सरकारको वैरभाव संविधान, लोकतन्त्र र सङ्घीय संसदसँग रहेको उनले आरोप लगाए। विपत्तिको बेला पनि धैर्य गर्नुपर्ने बताउँदै उनले एमाले सबै प्रमुख आन्दोलनमा अग्रभागमा रहेको र समाज पछाडि नफर्कने दाबी गरे।

प्रतिक्रिया