कांग्रेसको नियमित महाधिवेशन पक्षधरको भेला आज


काठमाडौं— नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधरले आज काठमाडौंमा भेला आयोजना गर्दैछ ।

विशेष महाधिवेशन पक्षधरले भेला गरेपछि नियमित महाधिवेशन पक्षधर नेताहरूले पनि बिहीबार बिहान साढे ११ बजे अनुपम फुडल्याण्डमा भेला आयोजना गर्न लागेका हुन् ।

महाधिवेशन समयमै गर्नका लागि दबाब दिने उद्देश्यसहित भेला आयोजना गर्न लागिएको जनाइएको छ ।

कांग्रेसमा नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्नेमा बहस भइरहेको छ ।

कांग्रेसका शीर्ष नेताहरू नियमित महाधिवेशनको पक्षमा उभिए पनि महामन्त्री गगन थापा पक्षले विशेष महाधिवेशनको माग गर्दै आएको छ । विशेष महाधिवेशन माग गर्दै संकलन गरिएका हस्ताक्षर २९ असोजमा पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो ।

पार्टी केन्द्रीय समिति बैठकमा विशेष महाधिवेशन र नियमित महाधिवेशनको छुट्टाछुट्टै कार्यतालिका प्रस्तुत भए पनि कांग्रेसले केही निर्णय गरेको छैन ।

May be an image of ‎text that says '‎राष्टियता लोकतन्त्र समाजवाद हार्दिक निमन्म्रणा नेपाली कांग्रेस ۹اد औं महाधिवेशन समयमै गर्न दबाबमुलक बृहत् भेला मिति: २०८२ कार्तिक ၃၀ गते बिहीबार स्थान:अनुपम अनुपम फुडल्याण्ड बति्तिसपुतली स्थान: समय: मध्यान्न 99:30 बजे जय नेपाल‎'‎

प्रतिक्रिया