कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि, नेताहरूले धारणा राख्ने


काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी छ। बिहीबार पनि बिहान ११ः३० बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बुधबारको कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बैठकमा नेताहरूले धारणा राखे।

बैठकमा सहमहामन्त्री फरमुल्लाह मन्सुर, केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, पद्मनारायण चौधरी, जीवनबहादुर शाही, सुरेन्द्रराज पाण्डे, शङ्कर भण्डारी, कृष्णकिशोर घिमिरे, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मदनबहादुर अमात्य, चन्द्रबहादुर केसी, अब्दुल सत्तार, उदयशम्शेर राणा, अञ्जनी श्रेष्ठ, चम्पादेवी खड्का, जावेदा खातुन जागा, प्रा डा गोविन्दराज पोखरेललगायतले धारणा राखेका थिए।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असोज २८ गते शुरु भएको थियो।

प्रतिक्रिया