
नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा प्रचण्ड, माधव नेपाल सहसंयोजक
काठमाडौं – विभिन्न कम्युनिस्ट घटकहरूबीच एकता गर्दै नयाँ नेपाली कम्युनिस्ट पार्टी औपचारिक रूपमा बुधबार घोषणा गरिएको छ। भृकुटीमण्डपमा आयोजित एकता सभामा दश पार्टी एकत्रित भई नयाँ पार्टीको घोषणा गरेका हुन्।
सभामा पार्टीको संयोजकमा पूर्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजकमा पूर्व एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल चयन हुने प्रस्ताव पारित भएको छ। नेता महेन्द्रराय यादवले संयोजक र सहसंयोजक तोक्ने प्रस्ताव पेश गरेका थिए र हलले यसलाई स्वीकृत गरेको थियो।
भृकुटीमण्डपमा भएको एकता सभामा पार्टीको घोषणा पत्र र विधान पनि पारित गरिएको छ। नयाँ पार्टीको गठनसँगै विगतका कम्युनिस्ट पार्टीहरूबीचको एकता प्रक्रिया पूर्ण भएको छ।



कागजपत्र |
