
कृषि विकास निर्देशनालय धनुषाका प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडाैं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषास्थित कृषि विकास निर्देशनालयका कार्यालय प्रमुख रत्नकुमार झाससहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले सप्तरीको महादेवा गाउँपालिका वडा नं. २ अन्तर्गत दोमुहान डगरदेखि पश्चिम खाँडो नदी हुँदै भीम बाँधसम्मको कृषि सडक निर्माणमा अनियमितता गरेको आरोपमा मुद्दा दायर गरेको हो।
मुद्दा दायर भएका अन्यमध्ये कृषि अर्थ विज्ञ तथा योजना प्रमुख विकासकुमार साह, लेखा अधिकृत चक्रप्रसाद अधिकारी, वडाध्यक्ष जगदीश मण्डल, उपभोक्ता समितिका अध्यक्ष हरिनारायण यादव, सचिव गंगाराम यादव, कोषाध्यक्ष सावित्रीदेवी यादव र कन्सल्टेन्ट तथा प्रोप्राइटर हरिशकुमार सिंह रहेका छन्।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, उनीहरू सबैका लागि ६ लाख ९० हजार ६५७ रुपैयाँ बिगो कायम गरिएको छ।



कागजपत्र |
