
टीओबी सदस्य लामामाथि अभद्र व्यवहारसँगै लागुऔषध र किर्ते मुद्दामा पनि अनुसन्धान
काठमाडौं- जेन–जी आन्दोलनका क्रममा आन्दोलन भड्काउन संलग्न रहेको भन्दै पक्राउ परेका तिब्बतियन ओरिजिनल ब्लड (टीओबी) समूहका सदस्य तेन्जिङ दावा लामामाथि अभद्र व्यवहार मात्र होइन, लागुऔषध र किर्ते मुद्दामा समेत अनुसन्धान अगाडि बढाइएको छ।
आन्दोलनको पहिलो दिन बाइक पड्काउँदै आन्दोलनको माहौल बिगार्ने कार्यमा संलग्न देखिएका लामाको पेस्तोल बोकेको तस्बिर सार्वजनिक भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।
प्रहरी अनुसन्धानका क्रममा लामाले काठमाडौं महानगरपालिका–६ को ठेगाना देखाएर लिएको नागरिकता प्रमाणपत्र शंकास्पद ठहरिएपछि किर्ते मुद्दामा पनि अनुसन्धान सुरु गरिएको हो। सोही क्रममा उनको डेरामा तलासी लिँदा गाँजा फेला परेपछि लागुऔषध मुद्दा समेत थपिएको प्रहरीले जनाएको छ।



कागजपत्र |
