
डेंगु सङ्क्रमितको सङ्ख्या ७ हजार ७५ पुग्यो
काठमाडौं- पछिल्लो साता १७४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। डोल्पा र मनाङ बाहेक अन्य ७५ जिल्लामा डेंगु फैलिएको स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
पछिल्लो २४ घण्टामा मात्र २४ जनामा डेंगु पुष्टि भएको छ। कुल संक्रमितको संख्या ७ हजार ७५ पुगेको छ। बागमती प्रदेशमा १,७६३, गण्डकीमा १,७७५, लुम्बिनीमा १,१६९, कोशीमा ९९३, सुदूरपश्चिममा ७८८, कर्णालीमा ५०० र मधेशमा १४७ जनामा डेंगु देखिएको छ।
डेंगुका कारण हालसम्म ६ जनाको मृत्यु भएको छ। रोग एडीज जातको लामखुट्टेको टोकाइबाट सर्छ र विशेषगरी वर्षायाममा फैलिन्छ। तर चिकित्सकका अनुसार, पछिल्लो समय यो रोग बाह्रै महिनामा देखिन थालेको छ।



कागजपत्र |
