रसुवागढी नाकामा एक महिनाभित्र बेलिब्रिज निर्माण सकिने


काठमाडौं- चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा निर्माणाधीन मितेरी बेलिब्रिज एक महिनाभित्र सञ्चालनमा आउने भएको छ।

रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार, चिनियाँ अधिकारीहरूसँग भएको छलफलपछि पुल निर्माण एक महिनाभित्र सम्पन्न हुने र पुनः बैठक बसेर सञ्चालन मिति तय गरिने भएको छ। चिनियाँ पक्षले प्रतिकूल मौसमका बाबजुद पुल निर्माणलाई प्राथमिकता दिएको बताइएको छ।

गत असार २४ गते आएको बाढीले मितेरी पुल बगाएपछि उक्त स्थानमा नयाँ बेलिब्रिज निर्माण सुरु गरिएको हो।

यसअघि २०७६ जेठदेखि सञ्चालनमा आएको मितेरी पुल बाढीले क्षति गरेपछि दुई देशबीचको सडक सञ्जाल अस्थायी रूपमा अवरुद्ध भएको थियो। २०७७ सालको बाढीले पुलमा क्षति पुर्याएपछि मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको थियो।

 

प्रतिक्रिया