भदौ २३–२४ का प्रहरी कमान्डरहरूलाई उपत्यका नछाड्न हेडक्वार्टरको निर्देशन


काठमाडौं-  प्रहरी प्रधान कार्यालयले भदौ २३ र २४ गते जेन–जी आन्दोलनका बेला काठमाडौंमा खटिएका प्रहरी कमान्डर तथा इञ्चार्जहरूलाई उपत्यका नछाड्न निर्देशन दिएको छ।

आन्दोलनका क्रममा भएको दमन र त्यसपछिका आगजनी घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगको पत्रका आधारमा प्रहरी प्रधान कार्यालयले आइतबार काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीलाई पत्र लेखी तत्कालीन इञ्चार्जहरूलाई काठमाडौं उपत्यका नछाड्ने व्यवस्था मिलाउन परिपत्र गरेको हो।

आयोगले बढी क्षति भएका क्षेत्रका प्रहरी इञ्चार्जहरूलाई कुनै पनि बेला उपस्थित गराउन सक्ने भन्दै पत्र पठाएको थियो। सोही आधारमा प्रहरी मुख्यालयले सो निर्देशन जारी गरेको हो। जाँचबुझ आयोगले आइतबारदेखि सोधपुछ प्रक्रिया सुरु गरेको छ। आइतबार नख्खु कारागारका जेलरसँग आयोगले पहिलोपटक सोधपुछ गरेको जनाइएको छ।

 

प्रतिक्रिया