
भदौ २३–२४ को प्रदर्शनमा खटिएका इन्चार्जहरुलाई उपत्यका नछाड्न हेडक्वार्टरको निर्देशन
काठमाडौं – प्रहरी प्रधान कार्यालयले जेनजी प्रदर्शनका क्रममा उपत्यकाका विभिन्न कार्यालयमा कमाण्ड गरेका इन्चार्जलाई उपत्यका नछाड्न निर्देशन दिएको छ ।
कार्यालयले भदौ २३-२४ को घटनासम्बन्धी जाँचबुझ आयोगले बयानका लागि बोलाउन सक्ने भन्दै त्यसताका फिल्डमा खटिएका इन्चार्जलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको हो ।
प्रहरी मुख्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई पत्राचार गर्दै त्यसताका सबैभन्दा बढी क्षति भएको क्षेत्रहरूमा खटिएका इन्चार्जलाई कुनै पनि बेला आयोगमा सोधपुलका लागि बोलाउनुपर्ने भएकाले बाहिर नजाने व्यवस्था मिलाउन भनेको हो ।




कागजपत्र |
