
रेशमले दर्ता गराए नयाँ दल, अध्यक्षमा कबीर सोप
काठमाडौं– नागरिक उन्मुक्ति पार्टी (नाउपा) छाडेर रेशम चौधरीसहितका नेताहरू नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा पुगेका छन् । बिहीबार चौधरीले आयोगमा पुगेर नागरिक उन्मुक्ति पार्टी, नेपाल नामक दल दर्ता गरेका हुन् ।
एउटै पोसाकमा सजिएर उनी लगायत अब्दुल खानसहितका नेताहरू निर्वाचन आयोग पुगेका छन् । उनीहरुको पार्टीको चुनाव चिन्ह भने जाँतो माग गरिएको छ भने अध्यक्षमा कबीर सोप रहेका छन् ।
नेताहरूका अनुसार यी नेताहरूले दर्ता गरेको पार्टीमा नागरिक उन्मुक्ति पार्टीका असन्तुष्ट नेता र जनमत पार्टीका असन्तुष्ट नेताहरू समावेश हुनेछन् ।
जनमत पार्टीबाट मन्त्रीसमेत भएका खानले करिब एक महिना अगाडि पार्टी छोडेका थिए।
यता श्रीमतीसँग विवाद भएपछि चौधरीले भने विगत एक वर्षदेखि नाउपाबाट अलग्गिने मनसाय गरेका थिए। तर उनले भदौ २३ र २४ गते भएको चेन्ज आन्दोलनपछि पार्टी छाडेको घोषणा गरे।



कागजपत्र |
