यी हुन् मन्त्रिपरिषद् बैठकका ११ निर्णय


काठमाडौं-  मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले गरेका निर्णयहरू बिहीबार सार्वजनिक गरिएको छ । सरकारको प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक गरेका हुन् ।

निर्णयअनुसार सरकारले राष्ट्रपति रामचन्द्र पौडेल नेतृत्वको प्रतिनिधि मण्डलको कतार भ्रमण स्वीकृत गरेको छ ।  कात्तिक १७ गतेदेखि २० गतेसम्म कतारमा हुने ‘सेकेन्ड वल्र्ड समिट फर सोसल डेभलपमेन्ट’मा राष्ट्रपति पौडेल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।

प्रतिक्रिया