प्रहरीको पेस्तोल लुटेर गोली चलाउँदै भिडियो बनाउने युवकसहित दुई पक्राउ


काठमाडौं- जेनजी आन्दोलनका क्रममा प्रहरीको पेस्तोल लुटेर त्यसैलाई प्रयोग गरी भिडियो बनाउने एक युवकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नुवाकोटको लिखु गाउँपालिका–६ का २३ वर्षीय समीर श्रेष्ठ र काभ्रेको पनौती नगरपालिका–१० का २३ वर्षीय एलेक्स नेपाली रहेका छन्। उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

प्रहरीले उनीहरूबाट लुटिएको पेस्तोल, म्याग्जिन र १२ राउण्ड गोली समेत बरामद गरेको छ। ती मध्ये समीरले जेनजी आन्दोलनकै दौरान लुटिएको पेस्तोलबाट गोली चलाउँदै बनाएको भिडियो सामाजिक सञ्जालमा समेत देखिएको प्रहरीले जनाएको छ।

घरको छतमा बसेर चुरोट सेवन गर्दै पेस्तोल चलाएको दृश्यसमेत भिडियोमा कैद भएको पाइएको छ।  समीर  यसअघि पनि  अभद्र व्यवहारसम्बन्धी आरोपमा पक्राउ परेका थिए।

प्रतिक्रिया