
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा
काठमाडौं — नेपाल प्रहरीका एसएसपी प्रकाश रानाभाटले राजीनामा पदबाट राजीनामा दिएका छन्। बुधवार बिहान आइजिपीको सचिवालयमा राजीनामा बुझाएको सचिवालय स्रोतले जनायो ।
उनी २०५८ मा प्रहरी इन्स्पेक्टर भर्ना भएका हुन् । गत साउनमा ११ एसपीलाई एसएसपी बढुवा गरिदा उनी पनि बढुवा भएका थिए । सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत थिए ।
घरायसी कारण देखाएर राजीनामा दिएका रानाभाटका परिवार सबै जना बेलायतमा बसोबास गर्ने भएका कारण उनी पनि बेलायत जाने भएकाले राजीनामा दिएको हुनसक्ने जनाइएको छ ।



कागजपत्र |
