ललितपुरकाे हनुमन्ते खोलामा तीन राउन्ड गोली लोड गरिएको पेस्तोल फेला


ललितपुर – जेनजी प्रदर्शनका क्रममा आन्दोलनकारीहरूले लुटेको पेस्तोल ललितपुरस्थित हनुमन्ते खोलाको किनारमा फेला परेको छ। आइतबार महालक्ष्मी नगरपालिका–५ स्थित हनुमन्ते खोलामा भेटिएको जानकारी ललितपुरका एसएसपी होविन्द्र बोगटीले दिएका छन्।

फेला परेको हतियार चाइनीज निर्मित टाइप–५४ पेस्तोल हो। अनुसन्धानका क्रममा यो पेस्तोल जेनजी प्रदर्शनको समयमा प्रहरी कार्यालयबाट लुटिएको पुष्टि भएको छ।

एसएसपी बोगटीका अनुसार कुन युनिटको पेस्तोल हो भन्ने विषयमा अझै यकिन गर्ने प्रक्रिया जारी छ। उक्त पेस्तोलमा ३ राउन्ड गोली लोड गरिएको थियो।

प्रतिक्रिया