काठमाडौंमा चिनियाँ नागरिक र नेपाली युवती पक्राउ, ६९ लाख बरामद


काठमाडौं- काठमाडौं महानगरपालिका–स्वयम्भूबाट स्रोत नखुलेको करिब ७० लाख रुपैयाँसहित एक नेपाली र एक चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीका अनुसार ३८ वर्षीय चिनियाँ नागरिक जियाओ याङ्ग र धादिङको नीलकण्ठ नगरपालिका निवासी २२ वर्षीया रोजिना सुनारलाई बिहीबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरिएको हो।

प्रहरीका अनुसार उनीहरूको कोठामा खोजतलास गर्दा रु ६९ लाख ८५ हजार नगदसहित सुनका गहना समेत फेला परेको छ। कार्कीले भने, “स्रोत नखुलेको ठूलो रकम र गहनासहित दुई जनालाई नियन्त्रणमा लिइएको छ, घटनाबारे थप अनुसन्धान भइरहेको छ।”

प्रतिक्रिया