वडा कार्यालयमा सेवाग्राहीसँग गैरकानुनी असुली


डोटी– दिपायल सिलगढी नगरपालिका–४ मा सेवा लिन गएका नागरिकसँग गैरकानुनी रूपमा रकम असुली हुने गरेको गुनासो सार्वजनिक भएको छ।

सेवाग्राहीहरूका अनुसार, वडा कार्यालयका सहयोगीदेखि सचिवसम्मको मिलेमतोमा विभिन्न सिफारिस र प्रमाणपत्रको नाममा अवैध रकम उठाइँदै आएको छ।

सामान्य सिफारिसको लागि रु. १०० को मात्र रसिद काटिने भए पनि वास्तविक रूपमा रु. २०० असुलिने गरेको सेवाग्राहीहरूले बताएका छन्। साथै, पेपर बाहिरबाट ल्याएको भन्दै थप शुल्क लिने र कतिपय अवस्थामा रसिद नै नदिने गरेको आरोप समेत लागेको छ।

एक सेवाग्राहीले नागरिकता हराएपछि प्रतिलिपि सिफारिस लिन जाँदा समेत ठगी भएको गुनासो गरेका छन्। उनका अनुसार, आवश्यक सबै कागजात पूरा हुँदाहुँदै पनि “सिफारिस शुल्क”को नाममा अवैध रकम मागिएको हो।

यसबारे वडा कार्यालयले भने अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।

प्रतिक्रिया