
सधैंका लागि एमाले सरकारबाट हट्यो भन्ने भ्रम नपाले हुन्छ : ओली
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सधैंका लागि सरकारबाट हट्यो भन्ने भ्रम नपाल्न चेतावनी दिएका छन् ।
राजधानीको ललिलतपुरमा सुरू भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले कमजोर नभएको बताए ।
‘कसैले अब सधैंका लागि एमाले सरकारबाट हट्यो भने ठानेको होला । यो भ्रम नपाले हुन्छ,’ ओलीले भने, ‘एमाले, राजनीतिक, आर्थिक विकासको नायकत्व दिइरहेको पार्टी हो । व्यवहारमा यसले पुष्टि गरेको थियो । देखाएको थियो ।’
उनले एमाले सरकारमा हुँदा र नहुँदा के हुँदो रहेछ भन्ने अहिले विश्व बैंकको प्रतिवेदनले देखाएको दाबी गरे ।



कागजपत्र |
