भारतमा सडक दुर्घटनामा परेर एक नेपालीको मृत्यु


डडेल्धुरा-  डडेल्धुराकाे आलिताल गाउँपालिका–३ बन्डाले निवासी भैरब बहादुर ठगुन्नाको भारतमा सडक दुर्घटनामा मृत्यु भएको छ।
कामको सिलसिलामा भारतको ब्याङ्लोर, चित्रदुर्गा नजिक बस्दै आएका टगुन्ना हिजो राति करिब १२:३० बजे स्कुटीमा कोठातर्फ फर्किने क्रममा दुर्घटनामा परेका थिए। चार लेनको सडकमा रहेको ब्रेकरबाट स्कुटी जम्प भएपछि दुर्घटना भएको बताइएको छ।
उक्त स्कुटीमा सवार सोही गाउँका धन बहादुर धामी सामान्य रूपमा घाइते भएका छन् भने चालक टगुन्नाको टाउकोमा गम्भीर चोट लाग्दा घटनास्थलमै मृत्यु भएको भारतीय प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया