
जेनजी आन्दोलपछि पहिलोपटक सार्वजनिक भएका देउवाले के भने ? [पूर्णपाठ]
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेन–जी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भएका छन् ।
मंगलबार उनी पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा उपस्थित भएका थिए । सो क्रममा देउवाले बैठकमा सम्बोधन गर्दै पार्टीका नेताहरु र उपस्थित सदस्यसँग विचार साझा गरेका छन् ।
सम्बोधनका क्रममा देउवाले गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।
स्रोतका अनुसार सभापतिले आन्दोलनपछि मारिएका सहिदहरू र घाइतेहरूका परिवारप्रति सहानुभूति प्रकट गर्दै पार्टी एकताका सन्देश दिने उद्देश्यले सार्वजनिक रूपमा देखिएको बताएका छन् ।
Skip to PDF content


कागजपत्र |
