
भदाै २३ र २४ गतेका सबै घटनाकाे छानबिन हुनुपर्छः देउवा
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘जेनजी’ प्रदर्शनका क्रममा भदौ २३ र २४ गते भएका सबै घटनाको छानबिनको माग गरेका छन् ।
भदौ २४ गते प्रदर्शनकारीको आक्रमणमा परी घाइते भएपश्चात् पहिलोपटक मंगलबार (असोज २८) सार्वजनिक भएका देउवाले यस्तो माग गरेका हुन् ।
देउवा कांग्रेस केन्द्रीय समिति बैठकमा सहभागी हुन ललितपुरको सानेपास्थित पार्टी कार्यालय पुगेका हुन् । बैठकमा देउवाले लिखित सम्बोधन गर्दै दुवै दिन भएका घटनाको छानबिनको माग गरेका छन् ।
प्रदर्शनकारीको आक्रमणमा परेकी तत्कालीन परराष्ट्रमन्त्री समेत रहेकी देउवापत्नी आरजु राणा पनि उनीसँगै सानेपा पुगेकी छन् ।



कागजपत्र |
