बालेन र सुधनविरुद्ध किटानी जाहेरी दिन अनेरास्ववियु पुग्यो काठमाडौं परिसर


काठमाडौं — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साह र हामी नेपालका संस्थापक एवं जेन्जी समूहको नेतृत्व दाबी गरिरहेका सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिन नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको टोली जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ ।

साह र गुरुङविरुद्ध जाहेरी दिन अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालसहितको टोली जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको अखिलका महासचिव दीपक धामीले जनाए । ‘प्रहरी हत्या, तोडफोड र आगजनी गरेको विषयमा उनीहरूविरुद्ध उजुरी दिन परिसर पुगेका हौं,’ उनले भने ।

२४ भदौमा जेनजी आन्दोलनको क्रममा संसद्देखि सिंहदरबार र प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी भएको थियो ।

 

प्रतिक्रिया