
फौजदारी कसूरमा संलग्नलाई कारबाही समस्या छैनः आयोग सदस्य शर्मा
काठमाडौं — भदौ २३ र २४ गते को घटना सम्बन्धी जाँचबुझ गर्न बनेको आयोगका सदस्य विज्ञानराज शर्माले फौजदारी कसूरमा संलग्न जोकोहीलाई कारबाही गर्न कुनै समस्या नहुने जनाएका छन् ।
आयोगका सदस्य शर्माले मंगलबार एक विज्ञप्ति जारी गर्दै फौजदारी कसूरमा संलग्नलाई कारबाही गर्न छानबिन आयोगको प्रतिवेदन कुर्न नपर्ने जनाएका हुन् ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘फौजदारी कसूरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरुबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोरा सूचित गरिएको छ ।’
आयोगले असोज ९ गतेदेखि नै काम प्रारम्भ गरेको बताउँदै आयोगलाई भौतिक एवम् मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीका सम्बन्धमा आवश्यक राय दिने समेतका कार्यादेश रहेको विज्ञप्तिमा स्पष्ट पारिएको छ ।



कागजपत्र |
