एसिया कप फाइनलमा भारत–पाकिस्तान आमनेसामने


युएई — जारी एसिसी टी–२० एसिया कपको फाइनलमा साविक विजेता भारत र पाकिस्तान आमनेसामने हुने भएका छन्। आउँदो आइतबार एसिया कपको फाइनल खेल हुँदैछ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार राति सम्पन्न सुपर चार खेलमा पाकिस्तानले बङ्गलादेशलाई ११ रनले हराउँदै फाइनल यात्रा तय गर्यो। यसअघि बुधबार भारतले पनि बङ्गलादेशलाई ४१ रनले हराएको थियो।

एसिया कपको इतिहासमा भारत–पाकिस्तान फाइनल पहिलो पटक हुँदैछ। भारत–पाकिस्तान फाइनल प्रतिक्षामा रहेका क्रिकेटप्रेमीहरू रोमाञ्चक मुकाबलाको अपेक्षामा छन्।

प्रतिक्रिया