रास्वपाका संस्थापक केन्द्रीय सदस्य डा. अधिकारीले दिए राजीनामा


काठमाडौं-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक केन्द्रीय सदस्य डा. प्रभात अधिकारीले पार्टी पदबाट राजीनामा दिएका छन्। शुक्रबार उनले औपचारिक रूपमा राजीनामा बुझाएको रास्वपाका एक नेताले पुष्टि गरेका हुन्।

पार्टी प्रवेश गर्दा उनले समृद्धि र विकासका एजेन्डामा योगदान दिने उद्देश्य राखेका थिए तर हाल आफूलाई पदमा रहिरहनुपर्ने कारण नभएको ठहर गर्दै राजीनामा गरेको बताइएकाे छ।

रास्वपामा यसअघि पनि राजीनामाको क्रम चलेको छ। जेनजी आन्दोलनपछि पूर्व सहमहामन्त्री सुमना श्रेष्ठ र केन्द्रीय सदस्य हरि भट्टले पदबाट अलग हुने निर्णय गरेका थिए।

 

प्रतिक्रिया