
नक्खु कारागारबाट भागेका शिव शिखर सहकारीका अध्यक्ष शर्मा पक्राउ
काठमाडौं — नक्खु कारागारबाट भागेका शिव शिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा बुधबार पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई सानेपाबाट नियन्त्रणमा लिएको छ।
पक्राउ परेका शर्मा अहिले नक्खु कारागारमा बुझाइएको सीआईबी प्रवक्ता धर्मराज भण्डारीले जानकारी दिए।
शर्मा सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका थिए। यसअघि उनी फरार भएका बेला सीआईबीले १२ असार २०८० मा भारतको मुम्बईबाट पक्राउ गरी कारागार पठाएको थियो।



कागजपत्र |
