एसएसपी थापालाई मातृशोक


काठमाडौं – काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) रमेश थापालाई मातृशोक परेको छ ।

थापाकी आमा सूर्यकुमारीको आइतबार बिहान काठमाडौंस्थित नेपाल प्रहरी अस्पताल, महाराजगञ्‍जमा उपचारका क्रममा निधन भएको हो । स्वर्गीय सूर्यकुमारी दम र स्वासप्रश्वासबाट ग्रसित रहेको परिवारले जनाएको छ।

वि.सं. १९९५ साउनमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ दारिमबोटमा उनको जन्म भएको थियो । सूर्यकुमारीका दुई छोरा र चार छोरी छन्। जसमध्ये जेठा छोरा क्याप्टेन थापा हुन् भने कान्छा छोरा एसएसपी थापा हुन् ।

क्याप्टेन थापालाई अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष पनि हुन् ।

 

प्रतिक्रिया