दशैं टीकाको उत्तम साइत बिहान ११ः५३ मा


काठमाडौं — नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैंका लागि साइतहरू सार्वजनिक गरेको छ। समितिका अनुसार दशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहीबार बिहान ११ः५३ बजे रहेको छ।

विजया दशमीको दिन बिहान ९ः२३ बजे देवी विसर्जनको साइत तोकिएको छ।

दशैं असोज ६ गतेदेखि सुरु हुने समितिले जनाएको छ। असोज ६ गते बिहान ९ः१३ बजे घटस्थापनाको उत्तम साइत तोकिएको छ।

त्यसैगरी, असोज ७ गते मंगलबार बिहान ९ः५३ बजे दशैंघरमा झण्डा फेर्ने साइत पर्छ भने असोज ११ गते शनिबार श्रीपचली भैरव यात्रा हुनेछ।

असोज १३ गते सोमबार फूलपाती परेको छ। सो दिन बिहान ७ः१७ बजे श्री तुलजाभवानी यात्रा र बिहान ९ः२३ बजे स्थिरासनको साइत रहेको समितिले जनाएको छ।

प्रतिक्रिया