
ई–७ भिसामार्फत नेपाली कामदार कोरिया जान नपाउने
काठमाडौं — ई–७ भिसा प्रणालीमार्फत नेपाली कामदार कोरिया जान नपाउने भएका छन्। वैदेशिक रोजगार विभागले मंगलबार सार्वजनिक गरेको सूचनामा गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८० कार्यान्वयन नहुने स्पष्ट गरेको छ।
विभागका अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट सो कार्यविधि तत्काल कार्यान्वयन नगर्न निर्देशन आएको हो।
हालसम्म नेपाली कामदार कोरिया रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत मात्रै गइरहेका छन्।



कागजपत्र |
