
नेता पौडेल जेनजी आन्दोलनका सहिद धिरजको घरमा
काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा निवर्तमान स्वास्थ्य मन्त्री प्रदीप पौडेलले जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका धिरज श्रेष्ठको परिवारलाई भेटेर समवेदना प्रकट गरेका छन्।
श्रेष्ठको निवासमा पुगेर पौडेलले परिवारसँग दु:ख व्यक्त गर्दै घटनाबारे आफ्नो पीडा सुनाए। उनले जेनजी आन्दोलनका माग पूरा गर्न सरकारमा रहँदै पहल गरेको तर त्यो पहल सफल नभएपछि मन्त्री पदबाट राजीनामा दिनुपरेको बताए।
पौडेलले धिरज श्रेष्ठको बलिदानलाई ऐतिहासिक भन्दै निष्पक्ष छानबिन आवश्यक रहेको धारणा राखे। भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा धिरजजस्ता युवाले देखाएको साहसले आन्दोलनलाई अझ सबल बनाएको उनको भनाइ थियो।
“धिरजबाबु र उनीजस्ता सहिदहरूको बलिदान खेर जान दिँदैनौं,” पौडेलले परिवारलाई भने।
जेनजी आन्दोलनमा अहिलेसम्म ७२ जनाले ज्यान गुमाइसकेका छन्।



कागजपत्र |
