
नेपाल एयरलाइन्सले चीनको ग्वाङझाउमा सिधा उडान गर्ने
काठमाडौं- नेपाल एयरलाइन्सले चीनको ग्वाङझाउमा सिधा उडान सुरु गर्ने तयारी गरेको छ। राष्ट्रिय ध्वजाबाहक संस्थानले काठमाडौं–ग्वाङझाउ–काठमाडौं रुटमा प्रवर्द्धनात्मक उडान गर्ने जानकारी सूचना मार्फत दिएको हो।
यसअघि यो रुटमा चीनकै चाइना साउदर्न एयरलाइन्सले नियमित उडान गर्दै आएको छ। त्यस्तै, काठमाडौं–चीन रुटमा हिमालय एयरलाइन्सले पनि नियमित उडान गरिरहेको छ।
नेपाल एयरलाइन्सका लागि भने ग्वाङझाउतर्फको यो पहिलो नियमित उडान हुने भएकाले संस्थानले यसलाई ऐतिहासिक अवसरका रूपमा लिएको छ।



कागजपत्र |
