कांग्रेसद्वारा राजनीतिक आक्रमण र असंवैधानिक कदमको आलोचना


काठमाडौं- नेपाली कांग्रेसले पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. आरजु राणा देउवा माथि भएको अमानवीय र बर्बरतापूर्ण भौतिक आक्रमणको निन्दा गरेका छन्।

उपसभापति पूर्णबहादुर खड्काले आइतबार ६ बुँदे धारणा जारी गरेर प्रतिनिधि सभा विघटन पूर्ण रूपमा अलोकतान्त्रिक र असंवैधानिक भएको बताए। उनले भने, “संविधान बमोजिम जनताबाट निर्वाचित प्रतिनिधि सभा विघटनले देशको संविधान, नागरिक अधिकार र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाएको छ।”

यसअघि कांग्रेस कार्यसम्पादन समितिले विघटनलाई असंवैधानिक बताएको थियो। तर त्यहाँ देउवा दम्पतीमाथि भएको कुटपिटको विषय उल्लेख नगरेको कारण विरोध भएपछि खड्काले आफ्नो वक्तव्यमा स्पष्ट रूपमा आक्रमणको निन्दा गरेको हो।

उपसभापति खड्काले भने, “लोकतन्त्रका लागि जीवनपर्यन्त संघर्ष गरेका सभापति देउवा र डा. आरजु राणा देउवा माथिको अमानवीय आक्रमण निन्दनीय छ। उनीहरू उपचारको क्रममा रहनु भएकोले शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।”

548301669_1355157569305160_8568307363221103112_n

548212391_1355157619305155_927963968603754994_n

प्रतिक्रिया