
कांग्रेस नेता सिटौला भन्छन्– ‘संयम र धैर्यताका साथ एकताबद्ध रही जनताकाे जीउधनकाे सुरक्षा गराैं’
काठमाडौं — नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले संयम र धैर्यताका साथ एकताबद्ध रहन आग्रह गरेका छन् ।
सिटौलाले एक विज्ञप्ति जारी गर्दै मुलुक अचानक र अप्रत्यासित ढंगले आतंकित भएको जनाउँदै देशबासीले ठूलो कष्ट र पीडा देशबासीले ब्यहोर्नु परेको जनाउँदै यस दुःख घडीमा सबै संयम र धैरयताका साथ उच्च मनोबलसहित सतर्क र सजग रहँदै भावनात्मक रुपले एकताबद्ध रहन आग्रह गरेका हुन् ।
उनले देशमा शान्ति सुव्यवस्था कायम गरी सम्पूर्ण जनताको जीउधनको सुरक्षा गर्न सम्बद्ध पक्षसँग अनुरोध समेत गरेका छन् ।



कागजपत्र |
