
प्रसाई र रास्वपा समूहसँग छलफल गर्न भनिएपछि जेन–जी प्रतिनिधि सैनिक मुख्यालयबाट बाहिरिए
काठमाडौं- जेन–जी आन्दोलनका क्रममा नेपाली सेनाले राखेको प्रस्तावलाई अस्वीकार गरिएको छ।
प्रधान सेनापतिले राष्ट्रपति संग भेटवार्ता गर्न दुर्गा प्रसाई र रास्वपा समूहलाई समेत स्टेकहोल्डर भन्दै छलफलमा बोलाउने सुझाव दिएपछि जेन–जी समूहले त्यसलाई अस्वीकार गरेको हो।
जेन–जी आन्दोलनकी प्रतिनिधि रक्षा बमले फेसबुकमार्फत लेखेकी छन्, “राष्ट्रपतिसँग भेट्न बोलाएर दुर्गा प्रसाई र रास्वपा समूहसँग वार्तामा बस्नुस्, उहाहरू पनि स्टेकहोल्डर हुन् भनेर स्वयम् प्रधान सेनापतिले भनेपछि, जेन–जी आन्दोलनका क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले हामी त्यस प्रस्तावलाई अस्वीकार गर्दै नेपाली सेनाको मुख्यालयबाट बाहिरिएको छौं।”
उनले अब आन्दोलनकारी जेन–जी समूहसँग प्रत्यक्ष छलफल गर्न तयारी भइरहेको समेत उल्लेख गरेकी छन्।



कागजपत्र |
