लकडाउन नगरी परीक्षण बढाउने तयारीमा सरकार


काठमाडौं : पछिल्लो समय छिमेकी देश भारत कोरोना महामारीको दोस्रो लहरसँग जुधिरहेको अवस्था छ ।

भारतमा संक्रमण फैलिन थालेपछि नेपालसमेत कोरोनाको दोस्रो लहरको उच्च जोखिममा रहेको विज्ञहरूले बताइरहेका छन्।

भारतमा संक्रमण तीव्ररूपमा बढ्दै गएपछि विभिन्न सिलसिलामा रहेका नेपालीहरू धमाधम घर फर्कंदैछन्। जसले गर्दा पछिल्लो दिन नेपालमा कोरोना संक्रमणको संख्या ह्वातै बढ्दै गएको मात्रै छैन। भर्खरै भारतबाट आएका केहीमा नयाँ म्युटेन्ट भेरिएन्ट संक्रमणसमेत देखिएको पुष्टि भइसकेको छ।

भारतमा संक्रमण बढ्दै जाँदा र स्वदेश फर्किने मानिसको संख्या बढ्दै गएकोको र संक्रमणको दर बढ्दै जादा अबको एक महिनामा नेपालमा संक्रमणदर गत भदौ असोज महिनाको जस्तो उच्च हुनसक्ने विज्ञहरूले अनुमान गरिरहेका छन्।

अब दोस्रो लहरको कोरोना संक्रमणसँग जुध्‍न सरकारले परीक्षण बढाउने र भारतलगायत तेस्रो मुलुकबाट आउने मानिसमा निगरानी बढाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताएका छन् ।

 

प्रतिक्रिया