माधव नेपालविरूद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सकियो


काठमाडाैं- काभ्रेपलान्चोकको साँगामा रहेको पतञ्जलिको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितको मुद्दामा सुनुवाइ सकिएको छ।

विशेष अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासले भ्रष्टाचार मुद्दामा सुनुवाइ पूरा गरेको हो। अदालतले सुनुवाइ सकिएको भन्दै आइतबार नै आदेश सार्वजनिक गर्न सक्ने संकेत दिएको छ।

प्रतिक्रिया