
२६ सामाजिक सञ्जाल बन्द गर्न इन्टरनेट प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन
काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले २६ वटा सामाजिक सञ्जाल बन्द गर्न मोबाइल अपरेटर तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई निर्देशन दिएको छ।
बिहीबार दिउँसो सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकरणका लागि सम्पर्कमा नआएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बसेको बैठकले तोकिएको म्यादभित्र सम्पर्क नगर्ने सञ्जाललाई नेपालभित्र निष्क्रिय गराउने निर्णय गरेको हो।
सो निर्णयको माइन्युटसहित मन्त्रालयले प्राधिकरणलाई पत्र पठाएपछि प्राधिकरणले मोबाइल अपरेटर र इन्टरनेट सेवा प्रदायकहरूलाई ती सञ्जाल बन्द गर्न निर्देशन दिएको हो।




कागजपत्र |
