संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडा निर्विरोध


काठमाडाैं- संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा निर्विरोध भएका छन् । संसद् सचिवालयले उम्मेदवारी दर्ताका लागि तोकेको बिहीबार २ बजेदेखि ४ बजेसम्मको समयमा खतिवडाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

संघीय निजामती सेवा विधेयक, २०८० को ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा गडबडी गर्ने काममा संसदीय विशेष समितिले नैतिक जिम्मेवार ठर्हयाएपछि राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट खतिवडाले राजीनामा दिएका थिए ।

त्यसपछि संसदीय सुनुवाइ समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले १० भदौमा  राजीनामा दिएर राज्य व्यवस्था तथा सुशासन समिति सभापति बनेकी थिइन् ।

प्रतिक्रिया