
नागढुंगाबाट १०२० एम्पुल लागुऔषधसहित एक जना पक्राउ
काठमाडौं- प्रहरीले नागढुंगाबाट १०२० एम्पुल लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपीलराज बोहराका अनुसार राजविराजबाट काठमाडौं आउँदै गरेको प्र. ०१–००६ ख ५४३१ नम्बरको यात्रु वाहक बसमा सवार रञ्जित मेहताले लुकाएको अवस्थामा उक्त परिणामको लागु औषध बरामद भएको हो ।
लागुऔषधसहित पक्राउ परेका सप्तरी छिन्नमस्ता गाउँपालिका १ का १९ वर्षीय मेहतामाथि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।



कागजपत्र |
