
रवि भेट्न नख्खु कारागार जाँदै रूपन्देही-३ निर्वाचनमा रास्वपा उम्मेदवारीका ९ आकांक्षी
काठमाडौं – रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बन्न प्रतिस्पर्धामा रहेका ९ जना प्रारम्भिक उम्मेदवारले आज सभापति रवि लामिछानेलाई भेट्ने भएका छन्।
उनीहरु रविलाई ललितपुरस्थित नक्खु कारागार जाने भएका हुन्।
लामिछानेनिकट प्रमोद न्यौपानेले दिएको जानकारीअनुसार उनीहरू अहिले बिहान ११ बजे सभापतिसँग भेटवार्ता गर्न नक्खु कारागार पुग्नेछन्।
रास्वपाबाट पार्थिवेन्द्र उपाध्याय र उनकी श्रीमती उमा अधिकारी, सुलभ खरेल, लेखजंग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता (जेबी), कुसुम महर्जन, रचना क्षेत्री र मधु अर्याल छन्।



कागजपत्र |
